काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९१६ जना सवारीचालकलाई कारबाही गरेको छ ।
मंगलबार काठमाडौंं उपत्यकामा विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५६ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, तीव्र गतीमा सवारीसाधन चलाउने ६१ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६६ जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६६ जना, अवस्था ठीक नभएका सवारीसाधन चलाउने ४६ जना, लेन उल्लंघन गर्ने ३४ जना, रातो बत्तीको उल्लंघन गर्ने २३ जना र क्षमताभन्दा बढी यात्रु राख्ने १९ जना चालकहरू पनि कारबाहीमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया