शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

लोकपथ
1.2k
Shares

काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै यतिबेला कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।

माध्यमिक तहमा सामाजिक विषयका शिक्षक समेत रहेका अधिकारीले कक्षा ११ र १२ का मात्रै नभएर साना बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको आरोप छ ।

विद्यार्थीहरूले ती शिक्षकलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई दबाब दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?