ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवासँगै भत्ताको व्यवस्था गर्ने भएको छ ।
गाउँपालिकाका नवनियुक्त अध्यक्ष वीरबहादुर लोप्चनले पदभार ग्रहणपछि सुत्केरी स्याहारको विशेष प्याकेजसहित यस्तो निर्णय गरेका हुन् ।
उनले सुत्केरीलाई दुई हजार भत्ता दिन लागेको बताए । उनले यो निर्णयसँगै इसीडी शिक्षकहरूलाई अपुग भएमा गाउँपालिकाले रकम थप गर्ने पनि बताए । साथै, पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्ने समेत निर्णय भएको छ ।
शपथग्रहणसँगै बागमती गाउँपालिकाको अध्यक्ष लोप्चनले उपाध्यक्ष, वडा अध्यक्षहरू र वडा सदस्यलाई पनि शपथ खुबाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया