रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–८ संग्राहलय चोकमा गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुलस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।
ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले गएराती ९ बजे भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रयाक्टर चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय देवाही गोनहीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया