मकवानपुरको भीमफेदीमा नेकपा एमालेका हिदम लामा विजयी

लोकपथ
1.4k
Shares

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका प्रमुखमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । लामाले निकटतम प्रतिद्वन्द्वी उनका नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई ३८२ मतले हराउँदै विजयी भएका हुन् ।

लामाले ५ हजार ५९१ मत ल्याएर विजयी भएका छन् भने माओवादीका स्याङ्तानले ५ हजार २०९ मत ल्याए । लामा यसअघि पनि निर्वाचित भएका थिए ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गरे । उनले एमालेकी पार्वती रानालाई ५ हजार २९९ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?