कांग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट रुकुममा १ जनाको मृत्यु

लोकपथ
294
Shares

रुकुम । रुकुम पश्चिममा नेपाली काँग्रेका उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाफिकोट गाउँपालिका वडा ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् ।

बाफिकोट गाउँपालिका वडा ७ मा लु३ च ३३६ नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको हो । गाडीमा उम्मेदवार जेके बाठा सवार रहेको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश बास्तोलाले पुष्टि गरे ।

खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाठा मतदान केन्द्रको अनगमनका लागि जाँदै गर्दा उक्त दुर्घटना भएको थियो ।

प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?