स्याङ्जा जिप दुर्घटना अपडेट : मृतक १४ जना एकै वडाका (नामसहित)

लोकपथ
896
Shares

स्याङ्जा । स्याङ्जामा जिप दुर्घटनामा परी मृत्यु भएका १४ जनाको सनाखत भएको छ । मृतक १४ जना नै एकै वडाका रहेका छन् ।

मृत्यु भएकामा वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबास बस्ने ६३ वर्षकी माया पुन, वर्ष ९ का प्रविण कुँवर, वर्ष ५० का कुलदिप कुँवर, वर्ष ५० की डेमकुमारी कुँवर, वर्ष ८६ की हरिकला कुँवर, वर्ष ५० की टेककला कुँवर, वर्ष २५ की जमुना कुँवर, वर्ष ७० की भिमकला कुँवर, वर्ष ७० की मुवाकुमारी कुँवर, वर्ष ४३ की पोटकुमारी कुँवर, वर्ष ४३ की जानुका कुँवर,वर्ष ४२ की ज्ञान दली कुँवर,वर्ष ५० की मिना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।

वालिङ नगरपालिका-४ सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेहरुको पोखराको गण्डकी मेडिकल कलेज उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?