७ जिल्लाका केही मतदानस्थलमा मतदान अवरुद्ध : निर्वाचन आयोग

लोकपथ
504
Shares

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जनाएको छ ।

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

ती स्थानमा पुनः मतदानको कार्य सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ । उनले भने, ‘दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको छ । उक्त स्थानहरूमा छिट्टै मतदान सूचारु हुने अपेक्षा लिइएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?