बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
329
Shares

काठमाडौं । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई पक्राउ गरेको छ ।

सिआईबीका अनुसार उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा तीन दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका खड्कीलाई मंगलबार काठमाडौं मनमैजुबाट पक्राउ गरिएको हो ।

खड्कीले प्रभु बैंक लिमिटेडमा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सिआईबीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?