१३ किलो भन्दा बढी गाँजासहित एक युवक पक्राउ

लोकपथ
84
Shares

जनकपुरधाम । सर्लाही प्रहरीले १३ किलो ९ सय ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ बस्ने १९ बर्षीय रुस्तम कुमार यादव रहेका छन् ।

प्रहरी टोलीले प्लाष्टिको पोकामा बेरिएको समान टाउकोमा बोकेर हिँडिरहेको अवस्थामा शंकाको आधारमा राजश्री हल नजिकै चेकजाँच गर्दा लागू औषध गाँजा बरामद गरेको हो।

पक्राउ परेका रुस्तमको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?