काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४०१० जनामा गरिएको नमुना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो समया २१ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य छ ।
यस्तै २४ घण्टामा २२१० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ११९५२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया