काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका क्रममा खटिने सुरक्षाकर्मीको ज्यान गएमा २० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनका क्रममा सुरक्षाकर्मीको ज्यान गए तत्काल २० लाख रुपैयाँ दिने निर्णय गरेको हो । यस्तो सुविधा म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मीले प्राप्त गर्नेछन्। निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी खटिनेछन्।
चुनावका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको छ। यस्तै नेपाल प्रहरी ६१ हजार ८ सय ३१ जना खटिएका छन्। म्यादी प्रहरीलाई पनि नेपाल प्रहरी मातहत नै खटाइने छ। सशस्त्र प्रहरी २३ हजार ५ सय ३२ जना खटिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया