भोजपुरकी उम्मेदवार अमिता तामाङमाथि खुकुरी प्रहार

लोकपथ
1.4k
Shares

भोजपुर । भोजपुरकी उम्मेदवार अमिता तामाङमाथि खुकुरी प्रहार भएको छ।

गएराति १० बजे षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चार वटा टाँका लगाइएको छ भने अहिले घाइते उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?