आफ्नो माग सम्बोधन गर्न क्यानसँग वार्तामा हवाई सचालक संघ

लोकपथ
105
Shares

काठमाडौं । आन्तरिक हवाई उडानको सम्बन्धमा आन्दोलित बनेको वायु सेवा सञ्चालक संघ वार्तामा बसेको छ । आफ्नो मागको सम्बोधन गर्न संघ नागरिक उड्ययन प्राधिकरण (क्यान)सँग वार्तामा बसेको हो।

आन्तरिक उडानलाई अब दैनिक १८ घण्टा सञ्चालन गर्नेगरि प्राधिकरणले वैशाख १४ गते हवाई कम्पनीहरुलाई नयाँ सेड्युलसहितको स्लट पठाएसँगै कम्पनीहरु आन्दोलित भएका हुन् ।प्राधिकरणले पाँच वटा हवाई कम्पनी र वायु सेवा सञ्चालक संघका प्रतिनिधिसँग वार्ता गरिरहेको छ ।

बिहीबार नै विज्ञप्तिमार्फत संघले माग पुरा नभए आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएको थियो । योसँगै बिहीबार बेलुका नै प्राधिकरणले वार्तामा आउन वायु सेवा सञ्चालकहरुलाई आग्रह गरेको र सोहीअुनसार शुक्रबार वार्तामा बसिरहेको संघका प्रवक्ता योगराज कँडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?