काठमाडौं । विभिन्न ३ निर्णय गर्दै गठबन्धनको बैठक सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले तालमेलका विरुद्ध परेको उम्मेदवारी फिर्ता गराउनेदेखि ५ दलीय गठबन्धनमा आबद्ध दलहरुसँग अन्य दलले गरेको तालमेल फिर्ता गराउने सम्मका निर्णय भएको छ ।
यस्ता छन् निर्णयहरु
पाँच दलीय गठबन्धनबीच यस अघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरित गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने
पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरित विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने ।
पाँच दलीय गठबन्धन भन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने । गठबन्धन बाहिर तालमेल खारेज नगरे सम्बन्धित दलले कारबाही गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया