गणेशमान स्मृति रोड रेस १७ वैशाखमा

लोकपथ
49
Shares

काठमाडौं । गणेशमान सिंहको स्मृतिमा १७ वैशाखमा तेस्रो संस्करणको रोड रेस आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलोमिटर र ५ किलोमिटरका दुई स्पर्धा हुनेछन् ।

१० किलोमिटर दौडमा महिला तथा पुरुषतर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार रुपैयाँ , तेस्रो हुनेले १५ हजार रुपैयाँ, चौथो हुनेले १० हजार रुपैयाँ र पाँचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

रेस दरबारमार्गबाट सुरु भई यहीँ सम्पन्न हुनेछ । संस्करणमा पुरुष र महिला दुवैतर्फ पाँच किलोमिटर दौड थप गरिएको छ ।

प्रतियोगितामा रेकर्ड कायम गर्ने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?