प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली लोकगीत सङ्गीत, चलचित्र क्षेत्रका ख्यातिप्राप्त सर्जक तथा कलाकार जयनन्द लामाको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् । कलाकार लामाको आज बिहान निधन भएको हो ।
प्रधानमन्त्री देउवाले शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले लामाको निधनबाट मुलुकले गीत सङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधकलाई गुमाएको उल्लेख गरेका छन् ।
कांग्रेसले नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा लामाले पु¥याएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँको निधनबाट मुलुकले एक अग्रज कलाकारलाई गुमाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया