काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०५ अंकले घटेर २६२५ अंकमा झरेको छ ।
अघिल्लो दिन मंगलबार पनि नेप्से १२.७९ अंकले घटेको थियो । बुधबार दिनभरजसो बजार घटेको अवस्थामा रह्यो ।
यस दिन कारोबार भएका कम्पनीमध्ये ७० वटाको सेयर मूल्य बढेको छ भने १९९ कम्पनीको मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
बुधबार सेयर कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ ।
बुधबार बैंकिङ समूहको सूचक भने ०.०५ प्रतिशतले बढेको छ । बाँकी सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै व्यापार समूह २.४९ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्स ०.९१, विकास बैंक र निर्जीवन बीमा ०.६५, माइक्रोफाइनान्स ०.५४, उत्पादन तथा प्रशोधन ०.४९ र जलविद्युत् समूह ०.४७ प्रतिशतले घटेका छन् ।
यस दिन लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ३.०७ प्रतिशतले बढेको छ । उपकार लघुवित्तको २.९२, श्रीनगर एग्रिटेकको २.७५ र बेनी हाइड्रोको २.३२ प्रतिशतले मूल्य बढेको छ ।
यता एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ८.६३ प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावरको ६.६५, भिजन लुम्बिनी ऊर्जाको ५.४९, सिर्जनशील लघुवित्तको ४.५८ र चिरख्वा हाइड्रोपावरको ४.३८ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा अगाडि रहेको छ । त्यसपछि सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सुपरमादी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, श्वेत गंगा हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया