त्रिभुवन विमानस्थलको भन्सार र सशस्त्रको चेकिङ पार गरिसकेका चिनियाँ नागरिक झण्डै दुई किलो सुनसहित पक्राउ

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

बुधबार बिहान १ बजेर २५ मिनेट जाँदा चिनियाँ नागरिक जियानह्वा वाङ एक किलो ८०३.७७ ग्राम सुनसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

चीनको जिलिन प्रान्तका जियानह्वा वाङ हङकङबाट नेपाल वायु सेवा निगमको उडान नं. आरए४१०मार्फत त्रिभुवन विमानस्थल अवतरण भएको प्रहरीको भनाइ छ ।

विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेका वाङलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि बरामद गरिएको सुनसहित त्रिभुवन विमानस्थलको गौचरणस्थित भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?