प्रहरी महानिरीक्षक केसीले गरे तीन एसपी र ८ डीएसपीको जिम्मेवारी हेरफेर

लोकपथ
0
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी उपरीक्षक (एसपी र ८ जना नायव उपरीक्षक (डीएसपी)को जिम्मेवारी हेरफेर गरेको छ ।

प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखामा कार्यरत एसपी निरञ्जनदत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ । कर्मचारी प्रशासन शाखामा भने एसपी काजीकुमार आचार्यलाई ल्याइएको छ ।

यस्तै, एसपी सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोमा सरुवा गरिएको छ ।

यसैगरी, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा डीएसपी तर्कराज पाण्डे, केन्द्रीय लेखामा डीएसपी विश्वराज अधिकारी र कर्मचारी प्रशासन शाखामा डीएसपी दानबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।

प्रहरी महानिरीक्षक डा. मनोज केसीले जिम्मेवारी हेरफेरका क्रममा कर्मचारी प्रशासन शाखामा कार्यरत मदक कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, प्रबन्धमा कार्यरत प्रकाश थापालाई पहरा गण र केन्द्रीय लेखा प्रमुख शेखरजंग मल्ललाई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा काज सरुवा गरेका छन् ।

यसैगरी अछामका डीएसपी पविन्द्र बमलाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालतस्थित सुरक्षा कार्यालयमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?