काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै उकालो लागिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २ घण्टामा देशभर ३ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार सो अवधिमा देशभर ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।सो अवधिमा १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।
सो अवधिमा २७८ जना संक्रमणमुक्त भएका छन् । यस्तै यो अवधिमा २ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लामा मात्रै एक हजार एक सय २८ संक्रमित थपिएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ११ हजार नाघेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया