स्वास्थ्यका दृष्टिले महँगो बन्यो माओवादी महाधिवेशन, अध्यक्षदेखि प्रतिनिधिसम्म धमाधम कोरोना

लोकपथ
105
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौंमा भएको आठौं महाधिवेशन स्वास्थ्यका दृष्टिले निकै महँगो साबित भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको महाधिवेशनमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

आजैमात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसँगै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु दुवै जनामा कोरोना संक्रमण देखिएपछि डाक्टरको सल्लाह अनुसार उनीहरु होम आइसोलेसनमा बसिरहेका छन् ।

यसअघि पनि माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना संक्रमण पुष्टि भएको थियो । गत बिहिबार मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक माओवादी केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको थियो ।

माओवादी केन्द्रका प्रतिनिधिहरुमा पनि कोरोना संक्रमण देखिएको विभिन्न खबरहरु सामाजिक सञ्जालमा आइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?