कारबाहीमा परेका खेलाडीहरूले भने– ‘बल र ब्याट छाड्ने अवस्था नआओ‌स्’

लोकपथ
1.8k
Shares

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले गरेको कारबाहीको खबरले आफूहरु दुःखी भएको क्रिकेटरहरूले बताएका छन् ।

शुक्रबार नक्सालको क्राउन प्लाजामा पत्रकार सम्मेलन गरी उनीहरूले उक्त कुरा बताएका हुन् ।

उनीहरुले आफूहरुलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दु:खी बनाएको बताएका छन्।

क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित चार जनालाई कारबाही गरेको थियो । कारबाही पर्नेमा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमल सिंह ऐरी छन् ।

टि–२० ग्लोबल क्वालिफायर र डब्लुडब्लुजस्ता महत्वपूर्ण प्रतियोगिताको तयारीमा व्यस्त हुनुपर्ने यो समयमा यो कारबाहीको बारेमा विभिन्न स्पष्टीकरण दिई हिँड्नुपर्ने अवस्था आएको भन्दै उनीहरूले दुख व्यक्त गरेका छन् ।

यस विषयमा बोल्दै पत्रकार सम्मेलनमा उनीहरुले प्रश्न गरेका छन्, ‘आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?’

अझ आफूहरुले नेपाली क्रिकेटमा गरेको समर्पणको बदला यस्तो पुरस्कार पाएको भन्दै भनेकका छन्, ‘यस्ता कामले गर्दा क्रिकेटमा भविष्य खाेजिरहेका धेरै खेलाडीहरूले बल र ब्याट छाड्ने अवस्था नआओ‌स्’

‘के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो त ? आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा देशकौँ वर्ष खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मोरेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?’, उनीहरूले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?