काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभापतिका लागि ६ वटा प्रदेशमा निर्वाचन भइरहेको छ । ६ प्रदेशमा प्रदेश सभापतिका लागि तिव्र प्रतिष्पर्धा छ । त्यसैले पनि प्रदेशहरुको चुनावलाई महत्वका साथ हेरिएको छ ।
बागमती, प्रदेश १, लुम्बिनी र गण्डकीप्रदेशमा निकै कडा प्रतिष्पर्धा छ । बागमती र कर्णालीमा सभापतिका लागि तीनजना उम्मेदवार छन् ।
कुन प्रदेशमा को उम्मेदवार ? (नामावली)
प्रदेश – १
संस्थापन पक्षः उद्धव थापा
संस्थापन इतर पक्षः गुरुराज घिमिरे
बागमती प्रदेश
संस्थापन पक्षः इन्द्र बाँनिया र भीमसेनदास प्रधान
संस्थापन इतर पक्षः जगदीश्वरनरसिंह केसी
गण्डकी प्रदेश
संस्थापन पक्षः अजुनप्रसाद जोशी
संस्थापन इतर पक्षः शुक्रराज शर्मा
लुम्बिनी प्रदेश
संस्थापन पक्षः भरतकुमार शाह
संस्थापन इतर पक्षः अमर सिंह पुन
कर्णाली प्रदेश
संस्थापन पक्षः ललितजंग शाही
निधि पक्षः मोतिराज बम
संस्थापन इतर पक्षः भूपेन्द्रजङ्ग शाही
सुदूरपश्चिम प्रदेश
संस्थापन पक्षः वीरबहादुर बलायर
संस्थापन इतर पक्षः नारायण मिश्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया