काठमाडौं । नेपाली कांग्रेसले आगामी १४औँ महाधिवेशन व्यवस्थापनका लागि सातै प्रदेशमा संयोजक (कमाण्डर) तोकेको छ ।
आज सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कमिटी बैठकमा सात वटै प्रदेशमा महाधिवेशन व्यवस्थित गर्न संयोजक तोकेको हो ।
जसअनुसार प्रदेश १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोकिएको स्रोतले जनाएको छ ।
बैठकले प्रदेश अधिवेशन गर्ने स्थान पनि तोकेको छ । बैठकको निर्णयानुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुने भएको छ ।
त्यसैगरी, प्रदेश २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । पार्टीको प्रदेश अधिवेशन मंसिर १६ र १६ गते हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया