काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै दाहालले वर्तमान सरकारका राम्रा काममा आफ्नो सहयोग र समर्थन रहने, तर गलत कामको आलोचना र विरोध गर्ने स्पष्ट नीति रहेको बताएका हुन् ।
उनले पछिल्लो राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, नागरिक समाज तथा सचेत नागरिकहरू राष्ट्र र जनताप्रति थप गम्भीर र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
दाहालले देशको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सबैभन्दा माथि राख्नुपर्ने बताए । लामो संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
उनले राज्यका हरेक क्षेत्रमा जिम्मेवार निकाय र सचेत नागरिकले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया