१५औँ महाधिवेशनका लागि जुट्यो कांग्रेस, सभा गृह बुकिङका लागि निवेदन

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशनका लागि जुटेको छ ।

कांग्रेसले आगामी असोज १६, १७, १८ र १९ गते काठमाडौंमा महाधिवेशन तोकिएको छ ।

त्यसका लागि असोज १५ देखि २० गते अर्थात् ६ दिनका लागि कांग्रेसले राष्ट्रिय सभा गृहको हल, लबी, गार्डेन लगायतका भागहरु भाडामा लिन पत्र लेखेको छ ।

कांग्रेसले राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल तथा बगैँचा उपलब्ध तथा बुकिङ गरिदिन सभा गृहलाई भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?