रसुवा बाढी : सरकारी कोषमा झण्डै १२ अर्ब संकलन

लोकपथ
0
Shares

काठमाडौं । रसुवागढी बाढीपछि सरकारले आह्वान गरेको सरकारी राहत कोषमा झण्डै १२ अर्ब संकलन भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार हालसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन भएको हो ।

जसमा विभिन्न ९ वटा बैंक खातामा ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा ३ अर्ब १८ करोड ४८ लाख संकलन भएको हो ।

अर्थमन्त्रीको सचिवालयका अनुसार १ अर्ब बाढीपछिको राहत, उद्धार तथा पुनस्थापनाका लागि १ अर्ब खर्च भएको छ ।

गत भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा १ अर्ब हस्तान्तरण गरिएको थियो ।

गत भदौ १० को रसुवा बाढीपछि सरकारले राहत, उद्धार तथा पुनस्थापनाका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा सहयोग गर्न सार्वजनिक अपिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?