काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी भायानेटले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
रसुवास्थित भोटेकोशी नदीमा हालै आएको बाढीका कारण प्रभावितहरुको उद्धार तथा राहतका लागि २० लाख रुपैयाँ सरकारी कोषमा सहयोग गरिएको कम्पनीले जनाएको छ ।
आज भायानेटका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ ।
विपद्को समयमा आवश्यक राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुर्याउनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष रहेको भायानेटले जनाएको छ ।
कम्पनीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको यस सहयोगबाट रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी विपद्को यस घडीमा प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया