काठमाडौं । भदौ १० को रसुवास्थित भोटेकोशीमा आएको बाढीपछि प्रभावित नागरिकहरुका लागि शंकरदेव क्याम्पसको युवा रेडक्रस सर्कलले राहत सामग्री हस्तान्तरण गरेको छ ।
शंकरदेव युवा रेडक्रस सर्कलका अध्यक्ष समिर बस्नेतको पहलमा संकलित राहत सामग्री बाढी प्रभावितहरुका लागि हस्तान्तरण गरिएको हो ।
बाढीपछि रसुवा र नुवाकोटका प्रभावितहरु नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।
उनीहरुका लागि आवश्यक खाद्यन्न र विभिन्न अत्यावश्यकीय सामग्रीहरु आज हस्तान्तरण गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
रेडक्रसको नुवाकोट जिल्ला शाखाको समन्वयमा ती सामग्रीहरु युनाइटेड निमावि, बट्टार र सुन्दरी केउरिनी मावि, गेर्खुटार, नुवाकोटमा आश्रय लिइरहेका नुवाकोट–रसुवाका बाढी प्रभावितहरुको आवश्यकतालाई केन्द्रमा राख्दै राहत सामग्री वितरण गरिएको हो ।
कान्तिपुर डेन्टल कलेज, माइक्रो वर्ल्ड सर्भिसेज तथा शंकरदेव क्याम्पसका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहयोगमा ती सामग्रीहरु संकलन भएको थियो ।
शंकरदेव युवा रेडक्रस सर्कलले विभिन्न समयमा मानवीय सेवाको काम गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया