काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक करिब ४ घण्टा ढिलागरि सुरु भएको हो ।
आगागी १४ औँ महाधिवेशन मुख्य केन्द्रमा राखेर पूर्व निर्धारित एजेण्डा बमोजिम बैठक बसेको हो ।
केन्द्रीय कमिटी बैठक सुरु हुनुभन्दा पहिले पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बसेको थियो । आगामी मंसिर १६ र १७ गतेका लागि घोषणा गरिएको प्रदेश महाधिवेशन कसले गराउने भन्ने विषयमा नेताहरुबीच छलफल भएको थियो ।
बैठक प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया