काठमाडौं । नेकपा एमाले आगामी १० औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटमा जुटेको छ ।
आइतबार युवा विद्यार्थी विशेष जिल्ला कमिटीको तर्फबाट अनेरास्ववियुकी पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नविना लामासहित ६ जना प्रतिनिधि छनोट भएका छन् ।
युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट पूर्व अध्यक्ष, उपाध्यक्ष कल्पना वाइबा, युवा संघका उपमहासचिव रामजी सापकोटासहित नेताहरु प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल सर्वसम्मतरूपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
यसअघि नै अनेरास्ववियुकी अध्यक्ष बरालसहित बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक बडाल निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भइसकेको अनेरास्ववियु निर्वाचन आयोग अध्यक्ष भुजेलले जानकारी दिए ।
एमालेको आगामी १० औँ महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । जसका लागि आजसम्म ४१ जिल्लाको प्रतिनिधि छनोट भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया