काठमाडौं । नेपाली कांग्रेसको दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक अझै सुरु हुनसकेको छैन ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक अन्तिम समयमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सारिएको छ ।
अहिले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बसिरहेको छ । केन्द्रीय सदस्यहरूलाई कुराएर नेताहरू छुट्टै बैठकमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया