स्थायित्वको जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारमा छ : मुख्यमन्त्री पोखरेल

लोकपथ
63
Shares
d’VodGqL kf]v/]n gjnk”/, * c;f]h M u08sL k|b]zsf d’VodGqL s[i0frGb| g]kfnL kf]v/]n gjnk/f;L -ab{3f6–;’:tfk”j{_ sf] u}F8fsf]6df cfof]lht ;fd”lxs lrqsnf k|bz{gL …cfTdbLkgÚ df pb3f6g ;df/f]xdf dGtJo /fVb} . t:jL/M 6]s/fh kf]v/]n÷ /f;;

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नेपालीले विकास र स्थायित्व दिने जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारलाई थपिएको बताएका छन् । बेँसीशहरमा कांग्रेस लमजुङका कार्यकर्ता भेलामा उनले कम्युनिष्टको दुई तिहाइ बहुमतको सरकारले देश विकास गर्न नसकेकाले प्रदेशमा आफू नेतृत्वको सरकारलाई जिम्मेवारी थपिएको बताए ।

सारा अधिकार आफ्ना हातमा लिन खोजेकाले तत्कालीन नेकपामा विद्रोह हुँदा कांग्रेसलाई जिम्मेवारी मिलेको उनको भनाइ छ । यसअघिको चुनावमा कांग्रेसलाई सरकारको प्रतिपक्षमा बस्ने मत प्राप्त भएकाले पाँच वर्ष नै सोही भूमिकामा बस्न लागे पनि देश र जनताका लागि कांग्रेस नेतृत्वको गठबन्धन सरकार आवश्यक भएको मुख्यमन्त्री पोखरेल नेपालीले उल्लेख गरे ।

उनले भने, “हामीले हतार हतारमा बजेट ल्यायौँ, त्यसैले सबै क्षेत्रका विकासमा बजेट पु¥याउन सकेनौँ । तर हामी यसअघिको सरकारले अघि सारेका योजना र आफू नेतृत्व सरकारले अघि बढाएका पूरा गर्ने आफ्नो दायित्व भएको उनको भनाइ छ । त्यस्तै उनले अरु पार्टीभन्दा कांग्रेस महाधिवेशन सबैको आकर्षणको केन्द्र हुने भएकाले राम्रोसँग सफल बनाउनका लागि कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?