काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो बस्ने एक नेताले जानकारी दिए । कांग्रेस केन्द्रीय कमिटी बैठक आइतवार बस्दैछ । सो बैठक बस्नुअघि वरिष्ठ नेता पौडेलले आफु निकट केन्द्रीय सदस्यहरुको बैठक गर्न लागेका हुन् ।
आइतवार बस्ने केन्द्रीय कमिटी बैठकको सम्बन्धमा छलफल गरिने जनाइएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुने भएको छ । पौडेल पक्षलाई महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न दबाब पर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया