काठमाडौं । नवनियुक्त प्रदेशप्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार दिउँसो प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेशप्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश १ मा परशुराम खापुङ्ग (तेह्रथुम), कर्णालीमा तिलक परियार (बाँके) र सुदूरपश्चिम प्रदेशमा देवराज जोशी (बाजुरा) लाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । तीनै जनालाई आज नेपालको संविधानको धारा १६७ बमोजिम शपथग्रहण गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया