एएफसी यू–२३ एसियन कप : नेपाल र ताजकिस्तान भिड्दै

लोकपथ
14
Shares

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७ः४५ हुनेछ ।

छनोटअन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ले पराजित भएको नेपाल आज घरेलु टिमविरुद्ध मैदान उत्रदा पहिलो अंकको खोजीमा हुनेछ । हारबाट प्रतियोगिताको सुरुआत गरेको नेपाललाई अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

समूह बी अन्र्तगत आफ्नो पहिलो खेलमा ताजाकिस्तानले लेबननमाथि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । सोही लयलाई ताजिकिस्तान निरन्तरता दिन चाहन्छ ।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।

छनोटअन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्ने तालिका छ । ११ समूहका शीर्ष टोलीसहित उत्कृष्ट चार उपविजेता टोलीले एएफसी यु–२३ एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन महिनामा आयोजना हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?