गेटाफे सेल्टा भिगोसँग पराजित

लोकपथ
154
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोले सहज जित हात पारेको छ । सोमबार राति भएको खेलमा सेल्टाभिगोले गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

सेल्टाको जितमा सान्टी मिनाले दुई गोल गरे । इयागो आसपसले एक गोल गरे ।

खेलको ६३ औं मिनेटमा डेजनले रातो कार्ड पाएपछि गेटाफे १० खेलाडीमा समेटिएको थियो । त्यस्तै, खेलको ८१ औं मिनेटमा चेमाले रातो कार्ड पाएपछि गेटाफे ९ खेलाडीमा समेटिएको थियो ।

जितसँगै सेल्टा १० अंक सहित १४ औं स्थानमा रहेको छ ।

गेटाफे २ अंक जोडेर पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?