काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार कर्णाली र सुदूरपश्चिमका विभिन्न बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा निस्किएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री देउवा मन्त्रीहरुको टोलीसहित काठमाडौंबाट सुर्खेत प्रस्थान गरेका छन् ।
त्यहाँबाट बझाङ, डडेलधुरा, कञ्चनपुर, कैलालीलगायतका जिल्लाका विभिन्न प्रभावित क्षेत्रको अवलोकनमा पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विभिन्न जिल्लाको अवलोकन भ्रमण गरि देउवा शुक्रबार मात्रै काठमाडौं फर्किनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया