काठमाडौं । सरकारले अविरल बर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र डुबानबाट पीडितहरुलाई उद्दार, राहत र क्षतिपुर्ति दिने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मापदण्डहरु राखेर मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
जसअनुसार एक जनाको मृत्यु भएमा २ लाख दिने निर्णय गरेको छ । भने एकाघरमा २ जनाको मृत्यु भएमा ३ लाख र ४ जनाको मृत्यु भएमा ४ लाख दिने निर्णय गरेको हो ।
त्यस्तै बाढी पहिरो र डुबानबाट घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो । त्यसैगरी बाढी पहिरो र डुबान पीडितहरुको राहत र उद्धारलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया