बाढी पहिरो : पीडितको उद्दारमा जुट्न नेता कार्यकर्तालाई नेता सिंहको आग्रह

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुवानबाट प्रभावितहरुको तत्काल राहत र उद्दारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले सामाजिक सञ्जालमा लेख्दै बाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतमा लाग्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘सुदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको ब्यवस्था गर्ने सरकार को गम्भीर ध्यानाकर्षण गराउदछु । ’ नेता सिंहले भनेका छन् ।

त्यस्तै बाढी पहिरो र डुवानमा परेकाहरुको सहयोगमा जुट्न स्थानीय तहका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई जुट्न आग्रह समेत गरेका छन् ।

‘साथै बाढी पहिरो र डुवानमा परेकाहरुको सहयोमा जुट्न पनि स्थानीय तहका पार्टीका साथिहरु लाई अनुरोध गर्दछु ।’

केहि दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी पहिरो र डुवान परेको छ ।

मंगलबार (आज) प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो र डुवान प्रभावितहरुको तत्काल उद्दार र राहतमा जुट्न गृहमन्त्रालयलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?