विशेष कारण देखाउँदै प्रतिनिधि सभाको बैठक २ दिन सारियो

लोकपथ
140
Shares

काठमाडौं । विशेष कारण देखाउँदै प्रतिनिधि सभाको बैठक २ दिन सारिएको छ ।

गत असोज २५ गतेबाट कार्तिक ९ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो । तर मंगलबार (आज) संघीय संसद सचिवालयले एक विज्ञप्ति गर्दै कार्तिक ११ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

‘मिति २०७८ साल कार्तिक ९ गते मंगलबार दिनको १ः०० बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवस सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ कपो उपनियम (३) बमोजिम सम्मानीय सभामुखज्यूले मिति २०७८ साल कार्तिक ११ गते बिहीबार दिनको २ः०० बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

गत भदौ २३ गतेबाट प्रतिनिधि सभाको नवौँ अधिवेशन सुरु भएको छ । प्रतिनिधि सभाको नवौँ अधिवेशन अन्तर्गतका बैठकहरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरिरहेको छ । विभिन्न मागहरु राखेर अवरोध गरिरहेको एमालेकै आग्रहमा बैठक सारिएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?