बाँके घटनाको सत्यतथ्य बाहिर ल्याउन अनेरास्ववियूको माग (विज्ञप्तिसहित)

लोकपथ
168
Shares

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले बाँकेका नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि सरकारसँग अपील गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले राज्यले न्याय दिनुको साटो पीडितहरूको उजुरी समेत लिन नमानेको भन्दै पीडित पक्षको माग सम्बोधन गर्न सरकारसँग अपील गरेकी हुन् ।

दुबै जनाको हत्या भएको दाबी गर्दै अनेरास्ववियूले घटनाका सन्दर्भमा सरकारले आन्दोलनरत पक्षसँग यथाशीघ्र वार्ताको पहल गर्न माग गरेको हो ।

‘घटनामा न्याय प्राप्तिका लागि आमरण अनसनरत रुवी खान लगायतका सबै आन्दोलनकर्मीहरुको जीवन रक्षाको ग्यारेन्टी गदै पिडीतलाई न्याय दिलाउन आन्दोलनरत पक्ष सँग यथाशीघ्र वार्ता र छलफलको माध्यमबाट अनसन अन्त्य गदै घटनाको निष्पक्ष छानबिन गर्न जोडदार माग गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?