काठमाडौं । मंगलबार (भोलि) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिइने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया