काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौं आँउदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै आइतबार दुर्घटना भएको हो ।
बसमा ३५ यात्रु सवार रहेका थिए । ३५ यात्रुमध्ये अधिकांस यात्रुहरु घाइते भएका छन् भने सहचालकसहित ४ जनाको अवस्था गम्भीर रहेकाले उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको उनले बताए ।
बसको ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया