काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले जंगी अड्डाको निरीक्षण गरेका छन् ।
आइतबार (आज) रक्षामन्त्री डा. रिजालले जंगी अड्डाको निरीक्षण गर्दै राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी नेपाली सेनालाई प्राथमिकतामा राखेर सेनाले प्राथमिकतामा राखेर स्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
भेटघाटको क्रममा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताएको जंगी अड्डाले जनाएको छ ।
त्यसैगरी प्रधानसेनतापति राणाले सेनाले सँधै आधुनिकीकरण र पेशागत सुदृढीकरणमा जोड दिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया