तास खेलिरहेका ९ जना जुवाडे पक्राउ

लोकपथ
581
Shares

काठमाडौं । कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

भिमदत्त नगरपालिका-४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय दान सिंह महरा समेत ९ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख ९८ हजार १ सय रुपैयाँ र १ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?