काठमाडौं । कास्की जिल्लाको घान्द्रुकमा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।
जीपमा सवार ९ जनामध्ये १ जना भने घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले लोकपथलाई जानकारी दिए ।
‘जीपमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको छ एक जना भने भीरमा अड्किएर घाइते भएका छन् । जीपमा सवार अधिकांश मानिस घुम्न आएका भन्ने बुझेका छौँ । थप अनुसन्धान गर्दै छौंँ’, डीएसपी हमालले बताए ।
घान्द्रुकको कलाभीरबाट जीप मोदी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया