कैलालीमा एक पुरुषले गरे हिरासतभित्रै झुण्डिएर आत्महत्या

लोकपथ
518
Shares

कैलाली । कैलालीमा एक पुरुषले प्रहरी कार्यालयको हिरासतमै झुण्डिएर आत्महत्या गरेका छन् । सुर्खेत चौकुने गाउँपालिका वडा नं.३ बेतान बस्ने ३५ धनबहादुर रानाले ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासत कक्ष भित्र रहेको शौचालय झुण्डिएर आत्महत्या गरेका हुन् । धनबहादुरमाथि भैसी चोरीको आरोप लागेपछि थप हिरासत राखिएको थियो।

जानकी गाउँपालिका वडा नं.१ तोरैयापुरबाट असोज २४ गते बिहान पुलुराम थारुको एउटा भैंसी चोरी भएपछि खोजतलाश गर्दै जाँदा भैसी कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ५ थापापुर स्थित झुलुङ्गे पुल नजिक चोरी गरेको भैंसी सहित धनबहादुर फेला परेका थिए । चोरी गरेको भैसीसहित फेला परेपछि स्थानीयले कारबाहीको उनलाई प्रहरीलाई बुझाएक थिए ।

उनी आज बिहान ६ बजेको प्रहरी कार्यालयको हिरासत कक्ष भित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको सरियामा सेतो स्याण्डो (गन्जी) को डोरी बनाई घाँटीमा पासो लगाई झुण्डिएको मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?