रुपन्देहीको मोतिपुरमा चारकिल्ला तोकेर प्रशासनले लगायो कर्फ्यू

लोकपथ
175
Shares

काठमाडौं । बुटवल उपमहानगर-१७ र १८ मा निर्माणाधिन मोतिपुर करिडोर क्षेत्रको जग्गा अतिक्रमणलाई लिएर झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यू जारी गरेको छ ।

आइतबार (आज) दिउँसो आक्रोशित स्थानीयले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । तर अवस्था थप जटिल बन्न सक्ने भन्दै प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको हो ।

अपरान्ह ४ बजेबाट अनिश्चितकालिन कफ्यू लगाएको प्रशासनले निषेधित क्षेत्र समेत घोषणा गरेको छ ।

पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतियोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं १८ औधोगिक करिडोरको जमिनमा कफ्यू जारी गरिएको प्रशासनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?